गुल्मीमा पछिल्लो २४ घण्टामा २१ जनामा काेराेना संक्रमण पुष्टि,थप ९१ जना काेराेना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी।गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा २ २० जना र पिसिआर परिक्षण गर्दा १ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

    जिल्लाको रेसुङा नगरपालिकामा नौ जना,रुरुक्षेत्र गाउँपालिकामा एक जना, छत्रकोट गाउँपालिकामा तीन जना,कालिगण्डकी गाउँपालिकामा छ जना,धुर्कोट गाउँपालिकामा एक जना,मालिका गाउँपालिकामा एक जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३१४ पुगेको छ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार ६८९ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

    पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दोस्रो कोरोना लहरका कारण गुल्मीमा ८९ जनाले ज्यान गुमाएका छन्।

  • ३ असार २०७८, बिहीबार १७:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images