कपिलवस्तु । लुम्बिनी प्रदेश सरकाले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित बुद्धभूमि – चौवन्नपुरमा खेल मैदानका लागि बजेट विनियोजन गरेको छ । नेकपा एमाले बुद्दभुमी नगरकमिटी अध्यक्ष देबि बेल्बासेको पहलमा उक्त रकम बिनियोजन भएको हो ।
लुम्बिनी प्रदेशले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै बुद्धभूमि – चौवन्नपुर खेल मैदानका लागि रकम विनियोजन गरेको हो । नगर तथा जिल्लास्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्नसक्ने खालको खेल मैदानको लागि १० लाख विनियोजन गरेको छ ।
एक दशक अघिदेखि नै खेल मैदानका लागि पहल हुदैं आएको भए पनि आर्थिक वर्ष ०७८/७९ मा बजेट विनियोजन भएको सूर्योदय युवा क्लबका अध्यक्ष प्रदिप खनालले बताए । उनले उक्त बजेटको लागि प्रदेशमा विशेष पहल गर्ने स्थानिय नेता देवि प्रसाद बेल्बासे लगाएत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन ।
खेल मैदानको लागि बेल्बासेले प्रदेशमा पटकपटक झकझकाउँदा मात्र प्रदेश सरकारले छुट्टाएको खनालको भनाई छ । उनका अनुसार नेता बेल्बासे नेकपा एमालेका सकृय नेता हुन । विद्यार्थी जिवनकालदेखि नै उनी समाजसेवामा सकृय पात्र हुन ।
उनले आफ्नो क्षेत्रको विकासको लागि स्थानिय, प्रदेश र केन्द्रमा दौडधुप गर्दै आएका छन । खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकर्षण बढाउनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेकोमा क्लबका अध्यक्ष खनालले खुसी व्यक्त गरे ।