निर्धन उत्थान द्वारा बीमा क्षतिपूर्ति वितरण
  • CIA Khabar

  • बारा । बिगत २७ बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड सिम्रौनगढ बाराले सिम्रौनगढ नगरपालिका वडा न.१० टोल देवापुर टेटा निवासी पल्टु राय यादवको मृत्युु पश्चात् निजको श्रीमाती उर्मिला देबीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग स्वरुप बिमा बापत को रकम रु. १४ हजार निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड सिम्रौनगढका कार्यालय प्रमुख हसमुदिन मियाद्वारा आज एक कार्यक्रम गरी बैंक कर्मचारी ,करोबारी सदस्य ,स्थानीय भद्रभलाद्मी र नागरिक समाजको रोहवरमा हस्तान्तरण गरिएको बैंकका सहयक श्री राम कुमार यादव ले बताए ।

    उक्त रकम बितरण गर्दै कार्यालय प्रमुख श्री हसमुदिन मियाले मृतक सदस्य प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रती धैर्यधारण गर्ने शक्त्ती प्रदान होस भन्दै कामना गरेका थिए । हाल सम्म यस शाखाले ५५ जना लाई रुड्ड ४५ लाख ४९ हजार २ सय रकम वितरण गरिसकिएको बैंकका लेखापाल श्री दिपक हरिजनले बताए ।

  • ४ असार २०७८, शुक्रबार १८:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images