बुद्धभूमी नगरपालिका महत्वपुर्ण जनपक्षिय वजेटको तयारीमा
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले यही असार ६ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । आव ०७८÷०७९ को लागि नीति तथा कार्यक्रममा २ वटा गौरवका योजनासँगै जनपक्षिय बजेट ल्याउने बताएको छ ।

    आइतबार ९ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्ने तयारी भैरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    बुद्धभूमिको नीति तथा कार्यक्रममा गौरवका योजनाहरु बुड्डीको ६५ विगाह क्षेत्रफलमा फैलिउको तालमा पर्यटन प्रर्वद्धनका लागि वृहत्तर योजना र टिक्कर बुड्डी बिजगौरी जोडने महत्वपुर्ण सडक आयोजनाका लागि ८ करोड ३७ लाखको बजेट ल्याउन थालिएको श्रेष्ठले जानकारी दिनुभयो ।

    साथै उहाले शिक्षा, स्वास्थ्य तथा बहुसरोकारका क्षेत्रमा बजेट वृद्धि गर्ने समेत बताउनुभएको छ ।

  • ४ असार २०७८, शुक्रबार २२:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images