महाकाली नदी ताण्डप मच्चाउँदै , चार लेनको पुलको सडक भत्किदै 

भीमदत्त र दोधाराका एक एक गाँउ डुवानमा

  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर।केही दिनदेखिको अविरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । यस बर्ष असारपुर्व नै मनसुन सुरुभएसंगै महाकाली नदीको समेत बहाव बढ्दै गएको हो ।
    दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटिय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसंगै आसपासका खोलानाला र निर्माणाधिन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पुयाएको छ । भने भीमदत्त नगरपालिका १२ ऐरी ओदाली र दोधाराचाँदनी नगरपालिका ९ शान्ति टोलडुवानमा परेका छन ।No description available.

    शनिबार नदीमा पानीको बहाव बढे सगै निर्माणाधिन चारलेनको महाकाली पुलका संरचना भत्काएको छ । दोधाराका स्थानीयले नदीको सतह बढे संगै पक्की पुल जोड्ने सडक भत्काएको बताएका छन । ‘ महाकाली नदीमा पानीको सतह उच्च भएसंगै दोधाराचाँदनी नगरपालिका १० भएर बग्ने जोगबुढा नदीको पानी थुनिएर गाँउ डुवानमा परेको छ । ‘जोगबुढा नदी थुनिएर दोधाराचाँदनी नगरपालिका १० शान्ति टोल क्षेत्रको तटिय भूभागमा पानी भरिभराउ भएको छ, ‘उनले भने, ‘यो क्रम केही समय रहे थप बस्ती डुवानमा पर्नेछ ।

    No description available.

    महाकाली नदीमा पानीको बहाव बढ्संगै भीमदत्त नगरपालिका १२ऐरी स्थित नदी थुनिएर १० ÷१२ घर डुवानमा परेको भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले बताए । ‘महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन, ‘उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन, पानी नघटे थप जोखिम निम्तिन्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहानको तुलनामा दिउँसोमा महाकाली नदीमा बहाव बढ्दै गएको बताए । उनका अनुसार बिहान १ लाख ७५ हजार क्यूसेक पानी रहेको महाकालीमा दिउँसो बढेर १ लाख ९१ हजार पुगेको छ । वाढि जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए ।

    No description available.

  • ५ असार २०७८, शनिबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images