देश दुई ध्रुवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भई अघि बढ्नुपर्छ -रामचन्द्र पौडेल
  • CIA Khabar

  • काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार दमौलीमा आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व कांगेसलाई आवश्यक रहेकामा जोड दिए ।

    मुलुक दुई ध्रुवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडि बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौँ,उनले भने, हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन । वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए ।

    सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एकरएक थान अक्सिजन कन्सन्ट्रेटरसहित फेसशिल्ड, मास्क, पिपिईलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

    यहाँका व्यास, शुक्लागण्डकी, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । साथै तनहुँको दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा ११ अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन९५ मास्क एक हजार तीन सय ५०, पिपिई चार सय ४० लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको थियो ।

  • ५ असार २०७८, शनिबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images