विकासशीलमा स्तरोन्नति प्रक्रियालाई सहज बनाउँछौंः मन्त्री महासेठ
  • CIA Khabar

  • काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुनु विकासको कोसेढुङ्गा हुने बताउनुभएको छ ।

    संयुक्त राष्ट्रसङ्घको महासभा र अतिकम विकसित मुलुकसम्बन्धी आर्थिक तथा सामाजिक परिषद्को संयुक्त विषयगत कार्यक्रमलाई शुक्रबार भिडियो सम्बोधन गर्नुहुँदै उहाँले निजी, सार्वजनिक, आन्तरिक र बाह्य स्रोत परिचालन गरी स्तरोन्नति प्रक्रियालाई सहज र दिगो बनाउने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो । आधाजति अतिकम विकसित मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न सक्षम बनाउने लक्ष्य लिएको स्तानबुल कार्ययोजनाको चर्चा गर्दै मन्त्री महासेठले सामूहिक लक्ष्य हासिल गर्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले सन् २०२२ जनवरीमा दोहामा आयोजना हुने अतिकम विकसित मुलुकको पाँचौँ संयुक्त राष्ट्रसङ्घीय सम्मेलनले अतिकम विकसित मुलुकको स्तरोन्नतिका लागि महìवपूर्ण कार्य गर्नेविश्वास व्यक्त गर्नुभयो ।

    सो कार्यक्रममा राष्ट्रसङ्घका सदस्य मुलुकका उच्चाधिकारीको सहभागिता रहेको अमेरिका स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको स्तरमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । सोही अनुसार संयुक्त राष्ट्रसङ्घको महासभामा स्तरोन्नति प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी भइरहेको अमेरिका स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले जानकारी दिनुभयो । यो समाचार गोरखापत्र देनिकमा छ ।

  • ६ असार २०७८, आईतवार ०८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images