संविधान जोगाउने दायित्व नेपाली काँग्रेसको हो : मुख्यमन्त्री पोखरेल
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ ।

    प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक विमोचन कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । नेपाली काँग्रेसको नेतृत्व सस्कारमा रहेका बेला जारी भएको नेपालको संविधानको रक्षाका लागि काँग्रेस सदैव चिन्तित रहेको भन्दै उहाँले अहिले संवैधानिक सङ्कट आएका बेला पनि पार्टीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

    संविधानको सर्वोच्चता भनेकै लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित पद्धति हो भन्दै उहाँले त्यसलाई जोगाउनु सबैको दायित्व भएको बताउनुभयो । २०७४ को निर्वाचनमा कम्युनिष्ट घटकले दुई तिहाइ नजिकको मत पाएर सरकार गठन गरेपछि काँग्रेस स्वभाविक रुपमा प्रतिपक्षको भूमिकामा रहेकोले रचनात्मक भूमिका निभाइरहेको उहाँले स्पष्ट पार्नुभयो । अस्थिर राजनीतिका कारण देशको विकास हुन नसकेका बेला अब पाँच वर्षसम्म सरकार टिकोस् भन्ने थियो तर त्यसो हुनसक्ने सम्भावना देखिएन,’ उहाँले भन्नुभयो ।

    लोकतन्त्र स्थापना, पुनःस्र्थापना हुँदै गणतन्त्र स्थापनामा प्रजातान्त्रिक विचार समाज लगायत संघ–संस्थाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । प्रजातान्त्रिक विचार समाज कास्कीले प्रकाशन गरेको ‘विचार प्रवाह’को सातौँ अङ्क उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले विमोचन गर्नुभयो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष डा। केदार नरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा। वासुदेव भण्डारी, जिल्ला अध्यक्ष प्राडा। गिरिधारि शर्मा लगायतले विचार व्यक्त गर्नुभएको थियो । अधिवक्ता कपिलमणि दाहालले अवधारणा–पत्र प्रस्तुत गरेको कार्यक्रममा संविधानविद् डा। विपिन अधिकारीले टिप्पणी गर्नुभएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • ६ असार २०७८, आईतवार ०८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images