पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश
  • CIA Khabar

  • काठमाडौं।  सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

    आइतबार न्यायाधीश डा। कुमार चुडालको एकव इजलासले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चले पत्रकारको पेसागत प्रकृति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमै रहनुपर्ने विशेष परिस्थितिलाई मध्यनजर गरेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न भनेको हो ।

    अधिवक्ता लीलानाथ घिमिरेले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

    यस्तै, सर्वोच्चले १५ दिनभित्र अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण भए लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भनेको छ ।

    हेर्नुस् सर्वोच्चले दिएको अन्तरिम आदेश

  • ६ असार २०७८, आईतवार २०:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images