ओलीको प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम रहन्छ – प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् ।

    पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन् ।

    विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो । प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबीच समझदारी भएको छ । हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस्, प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मात्रिका यादवले भने ।

    निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय कमिटीको बैठकबाट हुनुपर्ने बताएपछि माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधिलाई कारबाही गरेको छ ।

    माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेकाहरू कारबाहीमा परेका हुन् । यो निर्णय आयोगलाई जानकारी गराउने तयारी माओवादी केन्द्रको छ ।

    ४ असारमा मुक्ति प्रधान, दीनानाथ शर्मा, लीलामणि पौडेलले कारबाहीमा परेका जनप्रतिनिधिहरूको विवरण अध्यावधिकको माग गरेका थिए । आयोगले केन्द्रीय कमिटीमार्फत कारबाही गरेपछि मात्रै अध्यावधिक गरिने बताएपछि पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

  • ७ असार २०७८, सोमबार १२:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images