गठबन्धन सुदृढ बनाउन देउवा निवासमा छलफल
  • CIA Khabar

  • काठमाडौं ।आगामी रणनीति तय गर्नका लागि बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा गठबन्धनलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए ।

    ‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो उनले भने ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री पुर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । बैठकमा एमालेबाट निश्कासित नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावल सहभागी थिए ।

    बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव ,संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई लगायत सहभागी थिए

  • ७ असार २०७८, सोमबार १२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images