कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?
  • CIA Khabar

  • पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने रु

    आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै निम्न अवस्थामा पानी खानु हुँदैन ।

    – कतै बाहिरबाट हिँडेर आउनासाथ
    – कुनै काम गर्दा बेस्कन थाकेको बेला
    – कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
    – कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
    – ओच्छ्यानमा पल्टिएको बेला
    – दिसा वा पिसाब गरेर आउनासाथ
    – दूध खाइरहेको बेलामा
    – चिया खादैँ गरेको बेलामा
    – चना खाइरहेको बेलामा
    – कुनै पनि भोजन गरिरहेको बेला
    – भोजन गरी सक्ने बित्तिकै
    – व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

    माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।

  • ७ असार २०७८, सोमबार १३:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images