नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई जोखिम
  • CIA Khabar

  • काठमाडौँ।नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

    गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी।१।६१७।२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई। १ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।

    हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

    हेर्नुहोस् विज्ञप्ति

     

     

     

  • ७ असार २०७८, सोमबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images