पखाला लागेमा यसरी गर्न सकिन्छ घरेलु उपचार
  • CIA Khabar

  • पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेटसम्बन्धी रोगहरुमा धेरै प्रकारका हुन्छन् जस्तै— अपच हुनु, कब्जियत हुनु, अमलपित्त, झाडापखाला आदि । घरमै उपलब्ध हुने औषधिहरुबाट पनि यस्ता रोगहरुलाई भगाउन सकिन्छ ।

    घरेलु उपचार विधि

    – जामुनको रुखको बोक्रा पातलो दिसा जाने समस्याका लागि निकै उपयोगी हुन्छ । बोक्राको धुलो १र१ चम्चाका दरले चिसो पानीमा मिलाई खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

    – बिल्वको फल अथवा रस सेवन गर्नु पातलो दिसाको लागि लाभदायक हुन्छ ।

    – हरियो दुवोको रस अथवा दुध चिसो पानीमा मिलाई सेवन गर्नाले लाभदायक हुन्छ ।

    – धेरै नै बढी मात्रामा पातलो दिसा गइरहेको छ भने लौकाको रस ९पिरो नहाली० खाँदा धेरै फाइदा हुन्छ ।

    – इमलीको घाँजीको धुलो पानीमा मिलाई बिहान बेलुका २र२ चम्चा खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

    – २ ग्राम पाखनवेद एक ग्लास दहीमा मिलाई खाँदा पातलो दिसालाई निको पार्दछ ।

    – १ ग्लास निम्बुको रसमा आधा चम्चा मेथी मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

    – स्याउको दानाको बोक्रा छोडाई हल्का मात्रामा कालो मरिचको धुलो छर्की खानाले पातलो दिसालाई कम गराउँछ ।

    – काँचो आँप, अनार, सौफ र धनिया बराबर मात्रामा पानीमा मिलाई खानाले पातलो दिसा निको हुन्छ ।

    – आधा चम्चा फिटकिरी, १ ग्राम अफिमलाई पिसेर १ चम्चा ईसवगोला मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

    साभार स् ‘मेरो डाक्टर’ पुस्तकबाट

  • ७ असार २०७८, सोमबार १६:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images