राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरी राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वर्गीय हुन्छ ।
तर यी दुई जना मध्ये एक जना नराम्रो भयो भने दुवैको जीवन नर्क समान हुन्छ । कतिपय मानिसहरूको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरूमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदै छौँ, त्यसो त पुरुषहरू चाही सबै राम्रा हुन्छन् भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरूको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।
१। पतिलाई आफ्नो मात्रै ठान्ने
पति आफ्नो मात्रै हो वा उसको अरूसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई सङ्कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइ तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन् ।
२। नमिठो वचन बोल्ने
वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कश स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरू निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठिक विपरीत, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।
३। मनि माइन्डेड अर्थात् पैसालाई मात्र महत्त्व दिने
आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने सोच भएका महिलाहरूले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरू केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।
४।कचकचे र रुन्चे
सामान्य कुरामा पनि किचकिच गर्ने र रुन्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।
५। हस्तक्षेपकारी स्वभाव
कुनै(कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरूलाई अलिकति पनि ख्याल हुँदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।