कभि खुशी कभी गम’ मा जिरो फिगर वाला ‘पु’ को अभिनय गरेकी करिना कपुर योगा गर्ने सेलिबेटीमा पर्छिन् । दुईओटा सन्तानलाई जन्म दिएकी करिनाले आफुलाई फिट राख्न कुनै पनि कसर बाँकी राख्दिन्न । दोस्रो सन्तानको आगमन भएपछि उनले आफ्नो तौल धेरै नै घटाएकी छिन् ।
उनले योग दिवसको दिन योग गर्दै गरेको पोष्ट शेयर गरेर दोस्रो सन्तान जन्माएपछि आफुले योगमा खासै ध्यान दिन नसकेको बताएको छिन् ।
उनले लेखेको छिन्, ‘मैले टसन र जब वी मिटको सुटिङको क्रममा २००६ बाट योगा गर्न शुरु गरेकी हुँ । अविश्वासिलो तरिकाले यस्ले मलाई तौल घटाउन मद्दत गर्यो । अहिले दोस्रो सन्तानको जन्मपछि मलाई रेगुलर लाइफमा फर्कनलाई धेरै गाह्रो भएको छ । यो समय म निकै थकित छु । यस्कारण पनि म सबै आमाहरुलाई नमन गर्छु जस्ले आफ्नो सन्तानको लागि सबै दुख भुल्छन् ।’
म अब बिस्तारै आफ्नो लयमा फर्कदैछु र बिस्तारै सबै ठिक हुनेछ उनले लेखेकी छिन् ।
आफ्नो बेडमा के के राख्ने, करिनाले दिइन् जवाफ
बलिउड अभिनेत्री करिना कपुर खान बलिउडको चर्चित अभिनेत्री हुन् । हालसालै उनले दोश्रो बच्चाको जन्म दिएको छिन् ।
बच्चाको डेलिभरी पछी उनी आफ्नो सुटिङ् र साथी भाइसँग व्यस्त नै रहिन् । भर्खरै उनले डिज्नी प्लस हटस्टारको लागि एक लेटेस्ट शो को शुट पुरा गरेका छन् । यसको नाम स्टार भर्सेज फूड हो । उक्त शो मा करिनाले आश्चर्यजनक कुराको खुलासा गरेकी छिन् । करिनासँग उक्त शो मा उनको तीन जना साथी तान्या, अनुष्का र शिवानीले धेरै रमाईला प्रश्न सोधेका थिए ।
करिनाले पनि त्यसको पर्फेक्ट जवाफ दिएकी थिईन् । करीनालाई साथिहरुले रातमा सुत्नको लागि बेडमा के के लिएर जान्छौं भनि सोधेको प्रश्नको जवाफमा एक वाईनको वोटल, पायजामा र सैफ अलि खान भनेकी थिईन् ।
उक्त जवाफबाट करिनालाई उनले पर्फेक्ट जवाफ दिएको र आफु गिफ्ट ह्याम्पर जित्ने योग्य भएको लागेको छ । करिनाले प्रेग्नेन्सीको बेलाको खाने पिउने चिजको पनि कुरा गरेकी थिईन् । पिज्जा र पास्ता खानको लागि ज्यादै इच्छा हुने बताइन् ।
त्यही उनलाई किचेनमा को को हुन्छन् भन्ने प्रश्नको उत्तरमा तैमुर र सेफलाई किचनमा साह्रै मज्जा आउने भएकोले उनिहरु दुवैजना त्यहाँ रहने र म्यूजिकको इन्चार्ज आफु स्वयम रहेको पनि बताइन् । दुवैलाई ज्याज म्यूजिक साह्रै मन पर्ने पनि बताइन् । लकडाउनको बला सेफ अलि खानले खाना बनाउने बारे धेरै एक्सपेरिमेन्ट गरेको पनि बताइन् ।