अन्तर्राष्ट्रिय उडानमा एजेन्सीले चर्को भाडा असुलेकोबारे छानबिन गर्न समिति गठन
  • CIA Khabar

  • काठमाडौँ।   सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानबिन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड–१९ संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार ९मन्त्रिपरिषद० को मिति २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तरराष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ । रासस

  • ७ असार २०७८, सोमबार २१:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images