१ हजार ४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
  • CIA Khabar

  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ८११ कोरोना संक्रमितको आईसीयूमा र २३७ को भेन्टिलेटरमा गरी कुल १ हजार ४८ जना उपचाररत छन्।

    मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११४ जना आईसीयूमा र ३७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३३ आईसीयूमा र २ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४७२ जना आईसीयूमा र १५४ जना भेन्टिलेटरमा छन्।

    गण्डकी प्रदेशमा ८४ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • ७ असार २०७८, सोमबार २१:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images