काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो बनाइयो, के(के खुल्छन् ?
  • CIA Khabar

  • काठमाडौं ।उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले १४ असारसम्म निषेकाज्ञा थप गर्दै केही खुकुलो बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको हो ।

    अब काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

    त्यस्तै बार अनुसार पसल पनि खोल्न पाइने भएको छ । निरौलाका अनुसार आजदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइनेछ ।

    यस्तै, डिपार्टमेन्ट स्टोर र फेन्सी पसलहरू भने सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइने छ । खाद्यान्न र तरकारी पसल भने दैनिक बिहान ११ बजेसम्म मात्रै खोल्न पाइने छ ।

    यसअघि हार्डवेयर पसलहरू बेलुका चार बजेपछि खोल्न दिने निर्णय गरेकोमा अब भने प्रत्येक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पसल खोल्न पाइने छ ।

    के गर्न पाइन्छ र?

    सवारीसाधन चलाउन स् जोरबिजोर प्रणालीमा दिने
    सुनचाँदी, भाडा र मोबाइल पसल स् आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म खुल्ने
    डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरू स् सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने
    खाद्यान्न पसल स् हरेक दिन बिहान ११ बजेसम्म खुल्ने
    निर्माण सामग्रीका पसल स् बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने

  • ८ असार २०७८, मंगलवार ०८:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images