रोट्रयाक्ट क्लब बिरगंज यस वर्षको ‘उत्कृष्ट परियोजना अवार्ड’ हात पार्न सफल
  • CIA Khabar

  • बिरगंज  । बिरगंज   रोट्रयाक्ट क्लबले यस वर्षको उत्कृष्ट परियोजनाको अवार्ड हात पार्न सफल भएको छ ।
    रोट्रयाक्ट दक्षिण एशिया सम्मेलन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा संयुक्त रुपमा आयोजना गरिएको। सम्मेलनमा रोट्रयाक्ट क्लब बीरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार तथा दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रले समुदाय सेवा परियोजना पुरस्कार प्राप्त गरेको हो । क्लबले गर्ने एक परियोजना मार्फत बिरगंजमा आयोजना गरेको निशुल्क आंखा उपचार शिविर आयोजना गरेको थियो ।

    No description available.

    सोही आयोजना सफलता पूर्वक सम्पन्न गरेको कारण क्लबले उक्त अवार्ड प्राप्त गरेको हो ।
    एक साता सम्म संचालनमा रहेको उक्त शिविर क्लबको एक प्रोजेक्टको रुपमा रहेको थियो । उक्त प्रोजेक्टका लागी क्लबले सात दिने निशुल्क आंखा उपचार शिविरको आयोजना गरेको थियो । बिरगंज आसपासका बिरामी समेत उपस्थिती रहेको उक्त शिविरमा करीब बाईस सय जना भन्दा बढिको आंखाको परिक्षण तथा उपचार गरिएको थियो ।

    यसै अनुसार यस वर्षको क्लबका अध्यक्ष आयुष गुप्ता तथा उनको समूहले उक्त परियोजनाको पुरस्कार ग्रहण गरेका थिए । प्रत्येक क्लबले पुरस्कारका लागी एउटा मात्र सामुदायिक सेवा प्रोजेक्ट नामाकंन गर्न सक्ने भएकोले सम्मेलनमा सार्क सदस्य राष्ट्रका रोट्रयाक्ट क्लबले सामुदायिक सेवा प्रोजेक्ट समेत मनोनयन गरेको थियो र सोही अन्तर्गत वार्षिक पुरस्कारको मान्यता प्राप्त दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रको रोट्रयाक्ट आउटस्टैण्डिङ्ग अवार्ड प्रोजेक्ट रहेको थियो ।

    बिरगंज रोट्रयाक्ट क्लब १९९१ स्थापित सामाजिक संस्था हो । समाज सेवा र युवाहरुको वृद्धि विकास गर्ने उद्देश्यले स्थापना भएको बिरगंज रोट्रयाक्टले बिरगंज क्षेत्रको समुदायमा सेवाका लागी महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल र भुटानको पहिलो राजाईमा पर्ने क्लबको रुपमा परिचित आर एसी बिरगंज र आरआईडी ३२९२ ले प्रत्येक वर्ष झै यो वर्ष पनि रोट्रायाक्ट दक्षिण पूर्वी एशिया सम्मेलन भव्य रुपमा सम्पन्न गरेको थियो ।

    दक्षिण पूर्वी एशियाका रोट्रेक्ट तथा सदस्य क्लबको शिक्षा, फेलोशिप र सदस्य राष्ट्र बीच सांस्कृतिक आदान प्रदान तथा बैचारिक बहसको उठानका लागी महत्वपूर्ण हुने वार्षिक सम्मेलनले प्रत्येक वर्ष दक्षिण पूर्वी एशियाली रोट्रयाक्ट सूचना केन्द्र, दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रको एक सदस्य जिल्ला घटना होस्ट गर्ने गर्दछ ।

  • ८ असार २०७८, मंगलवार १३:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images