मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
  • CIA Khabar

  • काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

    गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो । आज दुबै पक्षबाट बहस हुनेछ ।

  • ८ असार २०७८, मंगलवार १३:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images