ललितपुरमा ७७ वर्ष माथिका वृद्धवृद्धालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिइने
  • CIA Khabar

  • काठमाडौँ। ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्ष माथिकालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ ।

    महानगरभित्र रहेको ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि असार ९ गतेदेखि खोप दिन लागेको महानगरले जनाएको छ ।

    महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

    यसका लागि जिल्ला स्वास्थ्य कार्यालयवाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हाल सम्म २५ सय खोप प्राप्त गरेको छ ।

    हाल प्राप्त भएको खोप अत्यन्त न्यून भएकोले प्राप्त खोपका आधारमा वडावाट सिफारिस भई आएका व्यक्तिहरु मध्येवाट ७७ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकले मात्रै खोप पाउने महानगरले जनाएको छ ।

    महानगरले ७७ वर्ष भन्दामाथिको २ हजार २ सय २० जनालाई कोभिशिल्डको खोप लगाउन लागेको हो ।

    साथै जनप्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु समेतलाई गरी जम्मा २५०० खोप लगाउन लगाउन लागिएको महानगरको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याले बताए ।

    बुधबार विहान १० बजे देखि दिउंसो ४ बजे सम्म खोप कार्यक्रम सन्चालन हुनेछ ।

    महानगरले खोप लगाउन ८ वटा केन्द्र तोकेको छ ।

  • ८ असार २०७८, मंगलवार १५:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images