नेपालमा ९० प्रतिशत संक्रमित निको भए
  • CIA Khabar

  • काठमाडौं।  नेपालमा मंगलबार ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९१६ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    आज १२ हजार २०४ जनाको पीसीआर विधिबाट र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको छ

    नेपालमा कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । यीमध्ये ५२ हजार ६४८ जना सक्रिय संक्रमित रहेका छन् ।

    आज ४ हजार ९५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । निको हुने दर ९०।२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा आज ४१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्या गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ ।

    नेपालमा अहिलेसम्म २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाएका छन् । दुवै मात्रा खोप ७ लाख ३१ हजार ६५३ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

     

  • ८ असार २०७८, मंगलवार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images