डडेल्धुरामा मृत फेला परेकी स्वास्थ्यकर्मीको हत्या भएको पुष्टि
  • CIA Khabar

  • काठमाडौं । डडेल्धुराको जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको स्वास्थ्यकर्मीको हत्या गरिएको पुष्टि भएको छ । शव पोष्टमार्टम रिपोर्टबाट परशुराम नगरपालिका–८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

    रिपोर्टकै आधारमा अनुसन्धान अगाडि बढाइएको पनि उहाँले सुनाउनुभयो । त्यस्तै जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

    चिकित्सकको सुझाव अनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भएको छ । घटना यसअघि असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता हुनुभएको अस्मिता ५ गते शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो ।

  • ८ असार २०७८, मंगलवार १८:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images