सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
  • CIA Khabar

  • काठमाडौं ।   प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशपछि जिम्मेवारीमुक्त भएका मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् ।

    ओलीले सर्वोच्चको आदेशपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पदमुक्त भएका मन्त्रीलाई सान्त्वना दिन अहिले साँझ ६ बजे बैठक बोलाएको बताइएको छ । ‘प्रधानमन्त्रीले भेट्न बालुवाटार बोलाउनुभएको छ । हामी त्यतै जाँदैछौँ,’ एक मन्त्रीले भने ।

    एमालेका १२ मन्त्री हटाएर ओलीले २१ र २७ जेठमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका ११ सहित २० मन्त्री नियुक्ति गरेका थिए । सर्वोच्चको मंगलबारको आदेशपछि संसद विघटनअघिका मन्त्रीसहित मन्त्रिपरिषद् पाँच सदस्यमा खुम्चिएको छ ।

    संसद विघटनपछि कामचलाउ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबीसहित परेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

  • ८ असार २०७८, मंगलवार १८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images