निषेधाज्ञाको २ महिनामा ३० हजार युवा विदेसिए
  • CIA Khabar

  • काठमाडौँ। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी छ ।

    कोरोना भाइरसको महामारी र त्यसका कारण उत्पन्न परिरिस्थितिले धेरै आर्थिक गतिविधि ठप्प छन् । धेरैले रोजगारी गुमाएका छन् ।

    कोरोना महामारी लामो समय जारी रहँदा सर्वसाधारणलाई रोगको भन्दा भोकको चिन्ताले पिरोल्न थालेको छ । त्यसैले पनि पछिल्लो समय वैदेशिक रोजगारिका लागि विदेसिने क्रम पनि बढ्न थालेको छ ।

    कोरोना माहामारीकै बीच रोजगारीको खोजीमा २ महिनामा ३० हजार युवा विदेसिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    सामान्य महिनामा ३० देखि ४० हजारको संख्यामा युवाहरू वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक जाने गर्दथे । यो संख्या वैशाख महिनाभर उस्तै देखिन्छ ।

    वैशाखको मध्य महिनाबाट निषेधाज्ञा जारी भएकाले अन्य महिना जस्तै रोजागारीमा जानेहरूलाई वैशाखमा खासै प्रभाव नदेखिएको विभागका निर्देशक तथा सुचना अधिकारी महेन्द्रनाथ भट्टराइले खबरहबलाई बताए ।

    सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेसँगै वैशाखको तुलनामा जेठमा विदेसिनेको संख्या घटेको उनको भनाइ छ ।

    ‘वैशाखमा साढे २४ हजारको हाराहारीमा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएका छन्’ उनले भने, ‘जेठमा भने निषेधाज्ञाको प्रभाव देखिएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या एकदमै कम छ ।

    उनकाअनुसार वैशाख र जेठ महिनामा मात्रै ३० हजार ३९ युवाहरू विदेशिएका छन् ।

    वैशाख महिनामा २४ हजार ३ सय ६३ र जेठमा ५ हजार ६ सय ७६ युवाहरूले अन्तिम श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    श्रम स्वीकृति हप्तामा २ दिन

    कोरोना संक्रमणका बापजुत भौतिक रुपमा उपस्थित भइ प्रदान गरिने श्रम स्वीकृति वैदेशिक रोजागर कार्यालयले जेठ २६ गतेबाट सुचारु गर्‍यो ।

    ‘भौतिक रुपमा उपस्थित भइ श्रम स्वीकृति लिनेहरू आइतबार र बुधबार आएर सेवा लिइरहनु भएको छ’ कार्यालयकी प्रमुख बिनु बज्रचार्यले खबरहबसँग भनिन् ।

    पछिल्ला केही दिनयता वैदेशिक रोजगार कार्यालय ताहचलमा श्रम स्वीकृति लिनेहरूको भीड पनि बढेको छ ।

    हप्ताको २ दिन श्रम कार्यालय खुल्ने भएपछि भीड बढेको उनी बताउँछिन् ।

    त्यस्तै कार्यालयले पुनः श्रम स्वीकृतिको सेवा अनलाइनमार्फत पनि दिँदै आएको छ ।

    बायोमेट्रिक नहुनेहरूका हकमा अनलाइनमार्फत सेवा दिन नसकिएपछि हाल उनीहरूलाई भौतिक उपस्थितिमै सेवा दिँदै आएको विभागले जनाएको छ ।

    सबै मुलुकमा उडान सहज नहुँदा पुनः श्रम स्वीकृति लिएका धेरै श्रमिकहरू उड्न पाएका छैनन् ।

    १२ हजार युवा दक्ष

    रोजगारीका क्रममा विदेसिने मध्य धेरै अदक्ष कामदार रहेका छन् । विभागकाअनुसार २ महिनामा अर्धदक्ष २ हजार ८ सय ४७, दक्ष १२ हजार ३ सय ६४ र अदक्ष १३ हजार १ सय ९१ जना कामदार रोजगारीका क्रममा विभिन्न मुलुक गएका छन् ।

  • ९ असार २०७८, बुधबार १५:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images