असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने, थपिएको रुटमा भोलिदेखि नै अन्तर्राष्ट्रिय उडान
  • CIA Khabar

  • काठमाडौँ। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरूलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए ।

    तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ ।

    सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।

    सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

    यस्तै, अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    हेर्नुहोस् सूचना

  • ९ असार २०७८, बुधबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images