दाङमा चेक बाउन्सको घटना बढ्यो, एक वर्षमा १९ मुद्दा दर्ता
  • CIA Khabar

  • रुपन्देही । दाङमा चेक बाउन्स भएर पीडित हुनेहरुले मुद्दा दर्ता गर्न थालेका छन् । पीडितको निवेदनका आधारमा बैंकिङ कसुरमा प्रहरीले ८ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालका अनुसार यो आर्थिक वर्षमा १९ वटा चेक बाउन्सको मुद्दा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    पटक पटकसम्म चेक काटेर दिएको तर चेक बाउन्स भएपछि पीडितहरुले आफू ठगिएको महशुस गरी प्रहरीमा उजुरी दिएपछि ८ जना चेक बाउन्समा पक्राउ परेका हुन् ।

    चालू आर्थिक वर्षमा १९ वटा बैंक कसुरमा मुद्दा दर्ता भएको र ती मुद्दा ८ जना अभियुक्तलाई प्रहरीले समातिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार बैंक कसुरमा ११ जना फरार रहेको र १९ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

    चेक काटेको मितिले १ वर्षसम्म बैंक कसुर मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।बैंकमा मौज्दात पैसा नभइ ठग्ने मनसायले चेक काटेर दिएमा बैंक कसुर मुद्दा आकर्षित हुने प्रहरीको भनाइ छ ।

    बैंक कसुर मुद्दामा बिगो अनुसार असुल उपर गरेर बिगो बराबरको थप जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

  • १० असार २०७८, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images