पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ४३ करोड ६५ लाख २२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जसमति गुरुङले शुक्रबार प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ ६५ लाख ७० हजार, संघीय सरकार राजस्व बाँडफाँडबाट रु.५ करोड २२ लाख ६९ हजार, वित्तीय समानीकरण अनुदानबाट रु. ८ करोड ५३ लाख, सशर्त अनुदानतर्फ रु. १८ करोड ८३ लाख, संघीय सरकारको विशेष अनुदान रु. २ करोड ३० लाख, प्रस्तुत गरेको हो ।
त्यस्तै गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु. २४ लाख २ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु. ९१ लाख ८१ हजार, चालु आवको बाकी मौजात १ करोड ५० लाख र समपुरक अनुदान संघबाट ४ करोड १४ लाख र प्रदेश तर्फको १ करोड गरी कुल रु. ४३ करोड ६५ लाख २२ हजार उपाध्यक्ष जसमति गुरुङले गाउँसभामा प्रस्तुत गर्नुभएकोमा पारित भएको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले बताउनु भयो ।
गाउँपालिकाको चालु तर्फ ५४.५९ प्रतिशत र पुजिगत तर्फ ४५.४१ प्रतिशत बजेट रहेको छ ।