कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ?
  • CIA Khabar

  • भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति निदाउने त ?

    अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच)को तथ्य पत्रअनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ । यसकालागि निम्न सूचीले प्रष्ट्याउँछ ।

    – नवजात शिशुलाई १६–१८ घन्टा सुत्नु पर्दछ ।
    – स्कुल जानुअघिका बालबालिका ११–१२ घन्टा सुत्नु पर्दछ ।
    – स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घन्टा सुत्नु पर्दछ ।
    – किशोर उमेरमा व्यक्ति ९–१० घन्टा सुत्नु पर्दछ ।
    – र वयस्कसँगै पाको उमेरका व्यक्ति ७–८ घन्टा निदाउन आवश्यक छ ।

    यदि राती अबेलासम्म सहज रुपमा निन्द्रा नपरे यसकालागि केही उपाय अपनाउन सकिन्छ ।
    – बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
    – चिया, चुरोट, खैनी लगायतको सबै अम्मल त्याग्ने ।
    – दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
    – सुत्नुभन्दा ३ घन्टा पहिले नै खाना खाने ।
    – निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
    – आफूलाई सहज हुने आसनमै पल्टिएर निदाउन खोज्ने ।
    – सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
    – सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
    – सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्को दिनबारे पनि नसोच्ने ।
    – सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
    – सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
    – नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने । विभिन्न एजेन्सीको सहयोगमा

  • ११ असार २०७८, शुक्रबार १०:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images