कांग्रेसका तीन नेताको छलफल : सहमतिमै अघि बढ्छौँ
  • CIA Khabar

  • काठमाडौँ ।कांग्रेसमा सभापति पदका आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् ।

    महाधिवेशन केन्द्रित छलफलमा जुटेका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।

    महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताए ।

    छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

    पूर्वमहामन्त्री सिंहले एउटै टिम बनाएर बनाएर जाने विषयमा सकारात्मक छलफल भइरहेको बताए ।

    उनले आफूहरुमाथि लाग्ने गरेको परिवारवादलाई प्रश्रय दिएको भन्ने आरोप खारेज गरे ।

  • ११ असार २०७८, शुक्रबार १५:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images