वैदेशिक व्यापार : ११ महीनामा पौने १४ खर्ब आयात, १ खर्ब २१ अर्ब निर्यात

भटमासको प्रशोधित तेल सबैभन्दा धेरै निर्यात

  • CIA Khabar

  • काठमाडौँ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महीनामा पौने १४ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन महीनादेखि यसवर्षको जेठसम्ममा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्याङ्कमा देखिन्छ ।

    आयातको यो रकम गत वर्षको सोहीअवधिको तुलनामा २५।६७ प्रतिशतले बढी हो ।

    यही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत वर्ष यही अवधिको तुलनामा ३७।७९ प्रतिशतले बढी हो ।

    भटमासको प्रशोधित तेलको माग उच्च

    ११ महीनाको अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँको सामान निर्यात भएको छ ।

    ११ महीनामा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ ।

    यसअवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँको २४ करोड ६३ लाख किलो भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब १२ करोड रुपैयाँको ७६ लाख किलो प्रशोधित तेल निर्यात भएको थियो ।

    विश्वबजारमा अलैँचीको माग पनि उच्च देखिन्छ ।

    चालु आर्थिक वर्षको ११ महिनमा ६ अर्ब ७० करोड रुपैयाँको ८४ लाख ८४ हजार किलो अलैँची निर्यात भएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४६ करोडको ४३ लाख किलो अलैँची निर्यात भएको थियो ।

    चालु आर्थिक वर्षको ११ महीनामा ७ अर्ब १६ करोडको सेन्थेटिक यार्न, ६ अर्ब ४७ करोडको ऊनी गलैँचा कार्पेट, ४ अर्ब ६२ करोडको तयारी कपडा, ३ अर्ब ७९ करोडको जुटको कपडा, ३ अर्ब ५३ करोडको चिया निर्यात भएको छ ।

    त्यसैगरी, ३ अर्ब ८२ करोड रुपैयाँको फलफूलको जुस, ३ अर्ब ५६ करोडको जमोठको कपडा, २ अर्ब ९६ करोडको अन्य कपडा ९ऊनी, सुती० निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    भटमासको कच्चा तेल आयातमा पनि दोब्बर

    चालु आर्थिक वर्षको ११ महीनामा नेपालमा भटमासको कच्चा तेल गत वर्ष सोहीअवधिको तुलनामा दोब्बरले आयात भएको देखिन्छ ।

    ११ महीनामा ४५ अर्ब ५९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

    गत आर्थिक वर्ष यही अवधिमा १६ अर्ब १६ करोडको आयात भएको तथ्याङ्कले देखाउछ ।

    त्यस्तै चालु आर्थिक वर्षको ११ महीनामा ३४ अर्ब १४ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ ।

    गत वर्ष सोही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल फोन आयात भएको थियो ।

    एमएस वालेटको आयात गत आर्थिक वर्षको १० महीनामा ३७ अर्ब २७ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब ३९ करोड रुपैयाँको आयात भएको छ ।

    त्यस्तै डिजेल ७८ अर्ब २१ करोड, खाना पकाउने एलपी ग्यास ३३ अर्ब १५ करोड, तयारी कपडा ७ अर्ब ४५ करोड, चामल २६ अर्ब ४ करोड, पोलिथीन दाना २४ अर्ब ७० करोड र एच आर सिट २४ अर्ब १७ करोड रुपैयाँको आयात भएको छ ।

    पौने ३ अर्ब बराबरको पेट्रोल आयात

    ११ महीनाको अवधिमा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ८८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

    नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न नसक्ने अवस्था रहेको छ ।

  • ११ असार २०७८, शुक्रबार १५:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images