त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द
  • CIA Khabar

  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् ।

    गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरूले अनलाइन कक्षा बन्द गरेका हुन् ।

    त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन कक्षा बन्द गर्ने जनाएको छ ।

    त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरूलाई शिक्षण सहायक सरहको सेवा सुविधा उपलब्ध गराउने सम्झौता गरेपनि त्यसलाई हालसम्म कार्यान्वयन नगरेकोले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको प्रध्यापक संघले जनाएको छ ।

    उक्त सम्झौता कार्यान्वयमा नल्याउँदा सम्मको लागि अनलाइन कक्षा बन्द गरिएको र यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको पनि संघको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कोरोना महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन सक्ने सम्भावन नरहेकाले अहिले देशभरका विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षामार्फत विद्यार्थीको अध्ययनलाई अघि बढाई रहेका छन् ।

     

     

  • ११ असार २०७८, शुक्रबार १५:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images