२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • ११ असार २०७८, शुक्रबार १८:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images