शिक्षामन्त्री श्रेष्ठको नैतिकतामाथि कांग्रेसको प्रश्न
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसले रुपा सुनार र घरबेटीबीचको प्रकरणमा राज्यवादी रहने मुद्धामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नैतिकतामाथि कांग्रेसले प्रश्न गरेको छ ।

    तीन दिन सिंहदरबारको हिरासतमा रहेका घरबेटी प्रधानलाई शिक्षामन्त्रीले मंगलबार आफ्नै गाडीमा लिएर त्यहाँबाट बाहिरिनुभएको थियो । त्यसपछि शिक्षामन्त्रीको नैतिकतामाथि प्रश्न चिह्न खडा भइरहेको छ ।

    शुक्रबार विज्ञप्तिमार्फत् प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदबारे मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनतामाथि गम्भीर प्रश्न गर्नुभएको छ ।

    ‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको अनुसन्धान, कार्वाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्धामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कोणबाट कुनै तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?’

    रुपा सुनार घरबेटी सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र नभएर यस प्रकरणले अनुहारको धुलो पुछ्ने कि ऐना सफा गर्ने प्रश्न उब्जाएको पनि कांग्रेसको प्रश्न छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

  • ११ असार २०७८, शुक्रबार २१:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images