काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
कोरोना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइरहनु भएका जोशीको थप उपचारका लागि उहाँले सो रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
आलेले आज अस्पतालमा पुग्नु भई जोशीकी छोरी हिमांशुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढी ल्याइएको हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।