हु इज केपी ओली, राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ? : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा ठीक भएको नभनेको दाबी गरेका छन् ।

    शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको कार्यशैली राजाको भन्दा बढी भएको तर राजा ठीक नभनेको बताएका हुन् । उनले भने, ‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन ! हु इज केपी ओली ? राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ? राजाभन्दा बढी हुन खोज्ने भनेर भनेको हो ।’

    उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आफूहरुले गरेको बताए । प्रधानमन्त्री बन्ने हतारो कसैलाई नभएको भन्दै उनले भने, ‘हामीले नै तपाई उभिनुपर्‍यो भनेर भनेका हौँ । प्रधानमन्त्रीको हतारो कसैलाई पनि थिएन । हामी प्रधानमन्त्रीका लागि अहिले अघि बढेका हैनौँ ।’

    अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संसद पुनर्स्थापना हुनैपर्छ, प्रधानमन्त्री शेरबहादुरजी हुनैपर्छ । ओलीले अहिले अदालतलाई थर्काउन थालेका छन् । सर्वोच्चले संविधानअनुसार फैसला गर्छ । हेर्नुहोला शहेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

    संविधानको धारा ७६ को ५ अनुसार निर्दलीय व्यवस्था नभएको बरु राजनीतिक दलको सांसदले बहुमत जुटाउन सके सरकार बनाउनसक्ने व्यवस्था रहेको तर्क गरे । उनले भने, ‘७६ को ५ अनुसार संसदभन्दा बाहिरको ल्याएर हुन्न है भनेको हो । राजनीतिक दलको सदस्य र संसद हुनैपर्‍यो भनेको हो । सांसदको विषेशाधिकारका रूपमा राखेको हो । सबै सांसद मिलेर बहुमत देखाउन सक्छन् भने ह्विप लाग्दैन भनेको हो ।’

    लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको दाबी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘कोसँग घुँडा टेक्नुभएको छ । उहाँको के हो मोर्चा ? कुन कुन राजवादी छन्, कुन कुन के के वाद छन् । कहाँकहाँबाट चल्ने मान्छे ल्याएर बडो..’

    अदालतले अहिलेपनि संविधानअनुसारै निर्णय गर्छ भन्ने विश्वास रहेको उनले बताए । गण्डकी प्रदेश सरकार निर्माण र दीपक मनाङेलाई मन्त्री बनाएको विषयलाई धेरै उछालेको उनको दाबी छ ।

    अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई सरकार बनिञ्जेल नभएर लामो समयसम्म जाने दाबी गरेका छन् ।

  • १२ असार २०७८, शनिबार २२:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images