गण्डकीका ६ स्थानीय तहको बजेट प्रभावित
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेशका विभिन्न ६ स्थानीय तहको बजेट आउन सकेको छैन । गण्डकी प्रदेशमा रहेका ८५ वटा स्थानीय तहमध्ये बाढीपहिरो, कोरोना संक्रमण तथा प्रशासनिक केन्द्र विवादका कारण ६ वटा स्थानीय तहले तोकिएको समयमा बजेट ल्यान नसकेको हो ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुसार असार १० भित्र बजेट ल्याउनुपर्ने प्रावधान छ । स्थानीय तहको गाउँ तथा नगरसभामा पेश गरिएको बजेट १५ दिनभित्र छलफल भइ असार मसान्तभित्र पारित हुनुपर्ने व्यवस्था छ ।

    यद्यपि असार नलाग्दै शुरु भएको मनसुनले गर्दा आएको बाढीले विभिन्न स्थानीय तहको बजेट कार्यक्रम प्रभावित भएको छ ।

    असार १ गते आएको बाढीले गर्दा मनाङ्को तीन गाउँपालिका पूर्ण रुपमा प्रभावित भयो । बाढीले गाउँपालिका भवनदेखि स्वास्थ्य कार्यालयसमेत बगाएको थियो ।

    बाढीले गाउँपालिका बगाएपछि बजेट प्रभावित

    बाढीबाट अति प्रभावित मनाङ् जिल्लामा एक गाउँपालिकाले भर्चुअल माध्यामबाट बजेट सार्वजनिक गरेको छ भने सदरमुकामस्थित चामे गाउँपालिका र नार्पाभूमी गाउँपालिकाले बाढीकै कारण बजेट ल्याउन सकेको छैन ।

    असार १ गते मस्र्याङ्दी नदीमा अएको बाढीले मनाङ्को नासो गाउँपालिकाको कार्यालय बगायो । असार १ गतेको बाढीले मनाङको धारापानीस्थित नासों गाउँपालिकाको कार्यालय बगाउँदा स्थानीय मात्र नभई कर्मचारीसमेत बाढीबाट प्रभावित हुन पुगे ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र चालु आर्थिक बर्षका योजनाहरु फरफारकको काममा कर्मचारीहरु व्यस्त भइरहँदा मस्र्याङ्दी नदीमा आएको बाढीले गाउँपालिकाको कार्यालय भत्काएको थियो ।

    यद्यपि प्रकोपका बाबजुद पनि प्रभावित नासो गाउँपालिकाको बजेट गाउँसभामा पेश गरी केन्द्रमा पठाइसकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।

    कतिपय पालिकाले बाढीपहिरोका बाबजुत जर्बजस्त ल्याएको बजेट असार मसान्तसम्म छलफल गरेर पारित गर्ने योजना बनाएका छन् । असार २ गतेको बाढीले गाउँपालिका भवनसहित प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय तथा बैंक रहेको भवनसमेत बगाएको थियो ।

    चुमनुब्रीमा बाढीले प्रभावित, आरुघाटमा प्रमुखलाई कोरोना

    गोरखाको दुई स्थानीय तहमा पनि बाढीपहिरो र कोरोना संक्रमणका कारण आगामी आ।व।२०७८र७९ को बजेट प्रभावित भएको छ ।
    उत्तरी गोरखाका चुननुब्री गाउँपालिकामा बाढी र पहिरोको समयस्याले गर्दा बजेट रोकिएको हो । पहिरोले बाटो अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले गाउँसभा हुन सकेको छैन ।

    यस्तै, आरुघाट गाउँपालिकाका प्रमुख पूर्णबहादुर दाहाललाई कोरोना संक्रमण भएकाले गाउँसभा हुन सकेको छैन । दाहाललाई असार ८ गते कोरोना पोजेटिभ देखिएकाले गाउँसभा गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । असारको २०र२२ गतेतिर गाउँसभा डाकिने उनले जानकारी दिए ।

    भानु र शुक्ला गण्डकीको बजेट रोकियो

    तनहुँको दुई नगरपालिकामा विवादका कारण बजेट प्रभावित भएको छ । भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिकामा बजेट आउन सकेको छैन ।

    भानु नगरपालिकामा केन्द्र विवादका कारण नगरसभा हुन सकेको छैन । नगरपालिकाको कार्यालय फुस्रेटारबाट भन्सार सारिएपछि विवाद हुँदै आएको छ । नगरको प्रशासनिक भवनका विषयमा भएको विवादको विषयमा सर्वोच्च अदालतमै मुद्दा परेको छ ।

    कोरोना संक्रमणको जोखिमका कारण नगरको नीति कार्यक्रम र बजेट तयारीका विषयमा कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । तनहुँकै शुक्ला गण्डकी नगरपालिकामा पनि आगामी आर्थिक वर्षको बजेट आउन सकेको छैन ।

    असार ९ गते एक वडा सदस्यको निधन भएका कारण शोक प्रस्ताव पारित गरेर नगरसभा स्थगित गरिएको कार्यपालिका सदस्य एवम् नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए । बजेट जनप्रतिनिधिहरुको हात हातमा पुर्याइसकिएको उनले दाबी गरे । स्थगित बैठक कहिले बस्ने टुंगो लागेको छैन । नगरपालिकाले नीति तथा कार्यक्रम भने पारित गरिसकेको छ ।

  • १३ असार २०७८, आईतवार १६:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images