आइतबार २७ अंकले बढ्यो नेप्से
  • CIA Khabar

  • काठमाडौँ। केही दिन लगातार ओरालो लागेको शेयर बजार नेप्से साताको पहिलो कारोबार २७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ विन्दुमा पुगेको हो।

    आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड नौ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद-बिक्री भएका छन् । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा कायम भएको छ।

    आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमाबाहेक बाँकी सबै समूहका परिसूचक बढेको छ।

     

  • १३ असार २०७८, आईतवार १६:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images