२४ घण्टामा १ हजार ९२० संक्रमित थपिए, ३ हजार ७ जना डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • १३ असार २०७८, आईतवार १७:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images