एक सय २० ग्राम सुनसहित तीन जनालाई पक्राउ
  • CIA Khabar

  • धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

     

    पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेको प्रहरी नायब उपरीक्षक शाहीले  बताए ।

    उनका अनुसार पक्राउ परेका घताने सुन व्यवसायीसमेत हुन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।

  • १४ असार २०७८, सोमबार १०:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images