दोहरी गित प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पङेनीको टोलिद्वारा हेलम्बु बाढी पिडितलाइ सहयोग
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।

    May be an image of 8 people, child, people standing, people sitting and outdoors

    प्रतिष्ठान केन्द्रीय समितिको सहयोग तथा जिल्ला समिति सिन्धुपाल्चोकको समन्वयमा हेलम्बुको चिउरीखर्कका ३२ घरपरिवारलाई ६ लाख बराबरको राहत सामग्री वितरण गरिएको हो ।

    May be an image of 7 people and people standing

    प्रतिष्ठानका केन्द्रीय सचिव रमेशराज भट्टराईका अनुसार बाढी पीडित परिवारलाई घर निर्माणका लागि जस्ता पातासहित लत्ता कपडा र म्याट्रेस लगायतका सामग्री वितरण गरिएको छ ।

    प्रतिष्ठानका अध्यक्ष रमेश बिजी सहित पूर्व अध्यक्षहरु बद्री पंगेनी, चन्द्र शर्मा, उपाध्यक्ष दीपक खड्का, महासचिव सुवास  केसी सहित उपत्यका समिति अध्यक्ष सुजन लम्साल तथा प्रदेश कोषाध्यक्ष भीम कार्कीसहितको टोली बाढी पीडितलाई राहत वितरण गर्न हेलम्बु पुगेको थियो।

  • १४ असार २०७८, सोमबार १७:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images