मदन भण्डारीको मार्ग निर्देशनलाई आत्मसात गर्दै अगाडि बढ्नेछौ: नेता कंडेल
  • CIA Khabar

  • सुर्खेत । जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा आयोजित जनताको बहुदलीय जनबाद र जननेता मदन भण्डारी विषयक अन्तरकृया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा गरिएको उक्त कार्यक्रम सुर्खेतको घण्टाघर पार्कमा सम्पन्न भएको छ । घनश्याम पाण्डेको संचालनमा रहेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितीका रूपमा नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेल,साथै अतिथिहरु माननीय धुर्व कुमार शाही, पुर्व मन्त्री खड्क बहादुर खत्री, पदमा खड्का, दान सिंह परियार टेकेन्द्र कुमार बस्नेत, तारा केशर पौडेल, कुलमणी देवकोटा, गङ्गाराम तिमिल्सिना, जिल्ला अध्यक्ष उपाध्यक्ष लगायत जिल्ला कमिटीका सदस्यहरु, नगर कमिटीका अध्यक्ष सचीव लगायत सदस्यहरु, मदन भण्डारी फाउन्डेसन सुर्खेत जिल्लाका अध्यक्ष लगायत पदाअधिकारी स्थानीय तहका जनप्रतिनिधिहरु, विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

    No description available.

    अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै नेता कंडेलले भने नेपालको कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशामा उत्प्रेरित गराउन निर्णायक बिचारका रुपमा लिईने कार्यक्रम जनताको बहुदलीय जनवादका नायक मदन भण्डारीले लोकप्रिय बनाएको पार्टी नेकपा एमाले यतिबेला उक्त विचारको मुख्य उत्तराधिकार शक्ति भए पनि राष्ट्रिय राजनीतिक स्थितिमा फुट र विभाजनको आशङ्कामा रहेको नेता यामलाल कंडेलले बताए।आफ्नो भाषणकला बाट नै सबैलाई आकर्षित पार्न सक्ने खुबी भएका मदन भण्डारीको अदभूत कलालाई कट्टर बिरोधिहरु पनि एकछिन उभिएर उनको भाषण सुन्न रुचाउथे।मुलुकमा हिंसात्मक बाटो होईन शान्तिपूर्ण जनक्रान्तिबाट नै जनताका परिवर्तनका आकाङ्क्षा पूर्ति गर्न सकिन्छ भन्ने व्यवहारको स्थापित गर्ने मदन भण्डारीकै मार्ग दर्शन रहेको नेता कंडेलले बताए ।

    No description available.

    जनताको बहुदलीय जनबाद कार्यक्रमलाई साझा विचारको रुपमा मानिए पनि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधवकुमार नेपाल–झलनाथ खनालसहितका केहि नेताहरु भने यतिबेला प्रधानमन्त्री ओलिलाई जसरी हुन्छ सत्ताबाट हटाउन नेपाली काङ्ग्रेस र नेकपा माओवादी संग गठबन्धन सरकारको पक्षमा उभिएर नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन अग्रसर भएको बताए।जबजको संश्लेषणसंग प्रतिस्पर्धा गर्न सक्ने नेपाली मौलिकताको सापेक्षतामा अर्काे विचार वामपन्थीभित्र मात्र होइन लोकतान्त्रिक शक्तिसँग पनि नभएको नेता कंडेलले जिकिर गरे।हामीले वैचारिक धरातल बलियो बनाउन नसक्दा पार्टी नेतृत्व माथि प्रश्न उठ्न थालेको उनको भनाइ रहेको थियो ।

    एमालेको पाँचौंँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्त रहेको छ नेता कंडेलको भनाइ रहेको थियोे।उनले भने जबजका विशेषता संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवाधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय शर्तमा विदेशी पूँजी र प्रविधिको उपयोग, शोषितपीडितलाई क्षतिपूर्तिलगायत आयामलाई नेपालको संविधानले समेटेको छ भने दलहरुका चुनावी घोषणापत्र पनि यी विषयबाट टाढा नरहेको बताए।नेता कंडेलका भनाई अनुसार भण्डारीका विचारलाई माने पनि नेपालका कम्युनिष्ट शक्तिहरु भने एउटै मोर्चामा अहिलेसम्म कटिबद्ध हुन सकेका छैनन्, जसले गर्दा मुलुकमा स्थिरता र समृद्धिको यात्रामा बाधा उत्पन्न भइरहेको छ बताए ।

    No description available.

    जीवराज आश्रित र मोदनाथ प्रश्रितसँगको सम्पर्क हुँदै भण्डारी पुष्पलाल नेतृत्वको नेकपामा जोडिए पछि झापा विद्रोहको कोअर्डिनेशन केन्द्रमा समाहित हुनुभएको भण्डारी नेकपा (माले) हुँदै २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) सँगको एकतापछि नेकपा (एमाले) निर्माण गर्नमा उहाँको महत्त्वपूर्ण योगदान रहेको बताए।आज आएर त्यसकै जगमा लोकतान्त्रिक आन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको छ भएको उनको भनाई रहेकोे थियोे । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई २०४८ को निर्वाचनमा पराजित गर्दै काठमाडौँका दुई स्थानबाट विजय हासिल गर्ने भण्डारीप्रति लक्ष्यित गर्दै न्युजविक’ले एउटा समाचार लेखेको थियो नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् भनेर।

    उहाँको अवसानपछि २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै नेकपा एमाले पहिलो कम्युनिष्ट सरकार सञ्चालन गर्न सफल भएको थियो भने २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनबाट दुई तिहाइ नजीकको स्थितिमा पुगेको थियो यो सबै राजनीतिक बैचारिक र मार्ग दर्शन प्रतिको उत्प्रेरित सिद्धान्तले मात्रै सम्बव भएको उनको भनाइ थियोे ।आफ्नै पार्टीको बिधान विपरीत अनैतिक कार्य गरेर सरकार ढाल्ने र विपक्षिहरुलाई थप मद्दत गर्नमा सहयोग पुर्याउन अग्रसर देखिएका पार्टी भित्रका केही नेताहरु नेकपा एमाले हु भन्न लाज मान्नुपर्ने अवस्था रहेको बताए।

    मदन भण्डारीको मार्गनिर्देशनलाई आत्मसात गर्दै सम्पुर्ण पार्टी पंक्तिका नेता कार्यकर्ताहरुलाई एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए।कार्यक्रममा दान सिंह परियार,कुलमणी देवकोटा,पदमा खड्का अमृत बिसि,गँगाराम तिमिल्सिना लगायतका नेताहरुले आफ्नो भनाई प्रस्तुत गरेका थिए।

  • १४ असार २०७८, सोमबार २०:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images