सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिए बुद्दभुमिमा आन्दोलन गर्ने चेतावनी
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी नगरपालिकाका विद्यालयका कर्मचारी हरुले नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक बुद्दभुमी नगरपालिकाले व्यवस्थापन नगरिदिए आन्दोलन गर्ने चेतावनी दिदै ज्ञापन पत्र बुझाएका छन ।

    No description available.

    नगरपालिका भित्र संचालित बिधालयमा अध्यापन गराउने शिक्षक र अन्य कर्मचारीहरुको तलब व्यवस्थापन गरिनुपर्ने भन्दै असार १८ गते सम्म माग सम्बोधन नगरे आन्दोलनलाई उग्र बनाउने चेतावनी दिएका छन ।

    No description available.

    कर्मचारीहरुले बुद्दभुमी नगरपालिकामा असार १४ गते ज्ञापन पत्र बुझाउदै माग सम्बोधन गरिनु पर्ने बताएका हुन । विद्यालयका कर्मचारी ( लेखापाल ) , सहयोगि , बालबिकास शिक्षकहरुले नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक माग गर्दै महासंघ , संघ संगठनका प्रतिनिधि सहितको टोलिले नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

    No description available.

    No description available.

  • १५ असार २०७८, मंगलवार १२:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images