कपिलवस्तु । कपिलवस्तुका लोकदोहरी गायक र गायिका शिव खनाल र बर्षा लम्सालको तिज गित रातो साडी ले सांगीतिक क्षेत्रमा तहल्का नै मच्चाएको छ ।
२०७८ सालको हरितालिका तिजको पहिलो तिज गित युटुबमा सार्वजनिक गरेको दुई हप्तामा २ लाख दर्शकको हेराइ रहेको छ । तिज सुरुनै नहुदै सार्बजनिक गरिएको रातो साडी असारको पहिलो दिन सार्वजनिक गरिएको थियो ।
२०७८ सालको पहिलो तिज कोशेलिको रुपमा शिव खनाल र बर्षा लम्सालको जोडिले सार्वजनिक गरेको उक्त गित २ हप्तामै दुई लाख दर्शकमाझ पुगिसकेको छ । २०७८ सालको हरितालिका तिजलाइ लक्षित गर्दै स्वभिमान क्रीएसनको प्रस्तुतिमा गायक शिव खनाल र बर्षा लम्सालले असारको पहिलो दिन (असार संक्रान्ती) मै गित सार्वजनिक भएको हो ।
लोक दोहरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका सह(सचिब समेत रहेका शिव खनाल र प्रतिष्ठानकै सह(कोषाध्यक्ष बर्षा लम्साल कपिलवस्तुका लोकप्रिय गायकरगायिका समेत हुन । अहिले शिव खनाल र बर्षा लम्सालको जोडिको प्रस्तुतिलाई दर्शक हरुले मन पराउन थालेका छन।
गितलाइ स्वभिमान क्रीएसनको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको थियो । शिव खनाल र बर्षा लम्सालको आवजमा बनेको तिज कोशेली रातो साडीू लाई बिष्णु भट्टराईले निर्देशन गरेका छन । शिव खनालको शब्द र बिधान कार्किको लयमा रहेको उक्त गित रहेको उक्त तिज गितमा पार्वती राई र राजु महोत्राको अभिनय रहेको छ ।
हेरौ भिडियो :