आजदेखि आन्तरिक उडान खुला, दैनिक ६७ वटा उडानको अनुमति
  • CIA Khabar

  • काठमाडौँ ।दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ ।

    कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।

    मन्त्रिपरिषद्‌को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

    उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर देशका अधिकांश स्थानमा भारी वर्षा भएकाले आजको उडान निर्धारित समयानुसार नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

    संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ ।

  • १७ असार २०७८, बिहीबार ०७:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images