सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको नागरिकता अध्यादेश राष्ट्रियसभामा पेस
  • CIA Khabar

  • काठमाडौँ। नागरिकता अध्यादेशसहित सरकारले जारी गरेका सबै अध्यादेश राष्ट्रियसभामा पेस भएका छन् ।

    भौतिक पूर्वाधारमन्त्री समेत रहेका बसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गरेका हुन् ।

    सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको नागरिकता अध्यादेश, बजेट अध्यादेश लगायत राष्ट्रियसभामा पेस भएका हुन् ।

    त्यसअघि सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको अध्यादेश राष्ट्रियसभामा पेश गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नियमापत्ति गरेका थिए । तर, अध्यक्ष गणेश तिमिल्सिनाले नियमापत्ति लागू नहुने भन्दै अध्यादेश पेश गर्न समय दिएका थिए ।

  • १७ असार २०७८, बिहीबार १९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images