काठमाडौं । कासरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा समेत उडान तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालेको थिएन ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको हो । चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ ।
छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने भएको छ । चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ ।
यससँगै अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ । यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको हो ।