इस्लामावाद । कोभिड-१९ महामारीका कारण विगत २० महिनादेखि पाकिस्तान-चीन व्यापार सीमा बन्द भएपछि पाकिस्तानी व्यापारीहरूले इस्लामाबादमा विरोध प्रदर्शन गरेका छन् । सीमा बन्द गर्दा पाकिस्तानी व्यापारीहरुले ठूलो क्षतिको सामना गर्नु परेको छ ।
व्यापारीहरूले उनीहरूको व्यवसायलाई ठूलो क्षति भएको उल्लेख गर्दै सीमा खोल्नको लागि एक हप्ताको म्याद दिएका छन् । इस्लामाबाद र गिलगिट(बाल्टिस्तान जीबी० मा धर्ना दिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
इस्लामावादमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्यातकर्ता संघका अध्यक्ष जावेद हुसेनको नेतृत्वमा जीबीबाट आएका व्यापारीहरूको समूहले प्रधानमन्त्री इमरान खान, सेना प्रमुख जनरल कमर जावेद बाजवा, विदेश मंत्री, वाणिज्य मन्त्री र पाकिस्तानका चिनियाँ राजदूतलाई सीमा खोल्न आग्रह गरेका छन् । उनले पाकिस्तान र चीनको व्यापारलाई निरन्तरता नदिए दुबै मुलुकले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत बताएका छन् ।
हुसेनले सीमा बन्द भएपछि व्यापारीले करोडौं रूपैयाँ गुमाएको छ । यस क्षेत्रका सबै व्यापारीहरूले आफ्नो माग पूरा नभए खुन्जेरब पास, संसद भवन र विदेश मन्त्रालय बाहिर धर्ना दिन बाध्य हुनेछौं उनीहरुले भने
जीबीका व्यापारीहरूले लामो समयदेखि बन्द हुँदा ठूलो संकट सिर्जना भइसकेको र धैर्यताको बाँध टुटिसकेको बताएका छन् । उनले पाक(चीन क्षेत्रका सबै साना र ठूला व्यापारीहरूको जीविका नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
हुसेनले भने, पाकिस्तानी परराष्ट्र मन्त्रालयले पाक-चीन सीमा पुनः खोल्न अधिसूचना जारी गरेको छ । यहाँ याद गर्न सकिन्छ कि चीनले यसअघि खुन्जेरब सीमा व्यापारका लागि खोल्न सहमत भएको थियो तर कोरोनाको अवस्थालाई कडा शर्तहरु राखेको थियो ।
चिनियाँ सरकारले तोकेको शर्तमा पाकिस्तानी निर्यातकर्ता र आयातकर्तालाई चीन प्रवेश गर्न नदिइने र उनीहरूले पाकिस्तानको सीमापट्टि माल निरीक्षण र भन्सारका लागि सामान लोड गर्ने र उतार्ने कुरा भएको पाकिस्तान टुडेले जनाएको छ । यो सहमति भए पनि पालना नभएको र सीमामा रोक लगाइएको व्यापारीहरुले जनाएका छन् ।