शितगंगामा ५० वटा हाते ट्याक्टर बितरण
  • CIA Khabar

  • शितगंगा । शितगंगा नगरपालिकाले १४ वडामा ५० वटा हाते ट्याक्टर बितरण गरेको छ । नगरप्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेस्मीले कृषि समूह, सहकारी हरुलाइ मिनि वार टेलर बितरण गर्नु भएको हो ।नगरपालिकाका बिभिन्न कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको हो ।

    खेतवारी जोत्न गोरुको बिकल्पको रुपमा लिइएको ५० वटा हाते ट्याक्टर ५० प्रतिशत अनुसदानमा बितरण गरिएको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयो ।

    परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणत विकास गराउने उदेश्यले कृषकलाई ५० वटा हाते ट्याक्टर बितरण गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो । प्रदेश सरकारको १७ लाख र किसानको ५० प्रतिशत हुने गरि मिनि टेलर बितरण गरिएको शितगंगा नगरपालिकाका कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयो ।
    परम्परागत रुपमा गोरु बाट जोत्पोत गर्दा भन्दा समयको बचत सस्तो समेत गर्ने हुँदा किसान हरु यस तर्फ आकर्षक हुने गरेका छन । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हरुलाई हाते ट्याक्टर बितरणमा नगरपालिकाले जोड दिने गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो

  • १८ असार २०७८, शुक्रबार १०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images